• २०८१ बैशाख १४ शुक्रबार

 पाल्पाको रम्भामा आज मतगणना गरिने

kharibot

रामपुर । पाल्पाको रम्भा गाउँपालिकामा रोकिएको मतगणना कार्य आजदेखि सुरु हुने भएको छ ।

वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि स्थगित भएको थियो ।
       
निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर रोकिएको मतगणना सुरु गर्न निर्वाचन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

आयोगले प्रशासनलाई विशेष सुरक्षा व्यवस्था गरेर भए पनि मतगणना गर्न निर्देशन दिएको हो ।

बुधबार आयोगले पत्र पठाएर मतगणना गर्न निर्देशन दिएपछि बिहीबार कर्मचारी व्यवस्थापन गरेर शुक्रबार मतगणना गरिने भएको हो । 
       
कर्मचारीको व्यवस्थापन भइसकेको छ भने अब दलका प्रतिनिधि उपस्थित भएपछि मतगणना गरिने तयारी भइरहेको रम्भाका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताए ।

मतगणना सकिएर जोड्ने क्रममा ७४ फर्जी मत भेटिएपछि गणना कार्य स्थगित भएको थियो । यहाँ एक हजार ९२२ मत खसेको थियो । 
       
सत्तारुढ गठबन्धनका विभिन्न दलले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनःमतदानको माग गरेका छन् ।

मतगणनास्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नौ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै