• २०८१ बैशाख ६ बिहीबार

दक्षिण कोरियामा कोरोनाको संक्रमण घट्दै

kharibot

सोल । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु थोरै संख्यामा घट्दै गएको देखिएको छ ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ २५ हजार जनामा यसको संक्रमण भएको देखिएको छ ।

यहाँ यसअघि दैनिक लाखौँ जना कोरोनाका संक्रमित देखिएकामा पछिल्ला केही हप्तायता भने घट्दै गएको पाइएको हो ।

यहाँ बिहीबार २५ हजार १३५ जनामा संक्रमण देखिएको पाइएको छ । यहाँ अघिल्लो दिनका तुलनामा संक्रमितहरु घटेका हुन् ।

बुधबार मात्र यहाँ २८ हजार भन्दा बढी संक्रमित भेटिएका थिए । त्यस्तै यस हप्ताको सुरुमा ३२ हजार जना भन्दा बढी संक्रमित भेटिएका थिए ।

दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा यहाँ संक्रमितको संख्या थोरै भए पनि घट्दै गएको पाइएको बताएका छन् ।

यसैसँगै कूल संक्रमितको संख्या १ करोड ७९ लाखभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यहाँ अस्पताल भर्ना हुनेको संख्या भने न्यून छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्यु दर पनि यहाँ कम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै