• २०८१ बैशाख ११ मंगलबार

लेस्टरसँग बराबरीमा रोकियो चेल्सी

kharibot

काठमाडौं । इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । 

घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले पुनरागमन गरेको हो । लेस्टरका जेम्स म्याडिसानले गोल गर्दै छैटौं मिनेटमा अग्रता लिए । 

चेल्सीका मार्कोस एलोन्सोले गोल गर्दै ३४औं मिनेट  खेल १-१ को स्थितिमा ल्याए । बराबरिसंगै ३६ खेलबाट ७१ अंक सहित तेस्रो स्थानमा छ । समान खेलबाट ४९ अंक सहित नवौं स्थानमा छ ।

अर्को खेलमा क्रिष्टल प्यालेससँग २-० ले पछि परेको स्थिति उल्टाउदै ३-२ को जित निकालेर एक खेक बाकी रहदै एभर्टनले इंग्लिस प्रिमियर लिगको हैसियत कायम राखेको हो ।

जितसंगै एभर्टन ३७ खेलबाट ३९ अंक सहित १६औं स्थानमा छ । प्यालेस ४५ अंक सहित १३औं स्थानमा छ । एभर्टनको जितसंगै अब अन्तिम खेलबाट एक टिमको रेलिगेशन पक्का हुनेछ  । अब वर्नली र लिड्स युनाइटेड मध्य एक दोस्रो डिभिजनमा घटुवा हुनेछन् । 

यस अघिनै वाटफोर्ड र नर्विच रेलिगेशनमा परिसकेका छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै