• २०८१ बैशाख ११ मंगलबार

रेलिगेशनबाट जोगियो एभर्टन

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टन रेलिगेशनबाट जोगिएको छ । गएराती सम्पन्न खेलमा एभर्टनले शानदार कमब्याक जित हासिल गर्दै क्रिस्टल प्यालेसलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

पहिलो हाफमा २-० ले पछि परेको एभर्टनले दोस्रो हाफमा ३ गोल गर्दै जित हासिल गरेको थियो ।

एभर्टनका लागि माइकल कीन, रिचार्लिशन र डोमिनिक कलभर्ट लेविनले एक एक गोल गरेका थिए ।

त्यस्तै क्रिस्टल प्यालेसका लागि जीन फिलिप माटेटा, जोर्डन आएवले एक एक गोल गरेका थिए ।

यो जितपछि एभर्टनको ३७ खेलमा ३९ अंक भएको छ र लिगमा १६औं स्थानमा उक्लिएको छ । त्यस्तै क्रिस्टल प्यालेसको भने ३७ खेलमा ४५ अंक छ र लिगमा १३औँ स्थानमा छ ।

अब एभर्टनले यस सिजनको अन्तिम खेलमा हार बेहोरेपनि रेलिगेशनबाट बचेको छ । अब यस सिजनमा बर्नली र लिड्स युनाइटेड मध्ये एक क्लब रेलिगेशन हुने छ । यसको टुंगो अन्तिम खेलबाट लाग्ने छ ।

यस अघि नर्विच सिटी र वाटफोर्ड रेलिगेशनमा परिसकेका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै