• २०८१ बैशाख ७ शुक्रबार

विराटनगरमा काँग्रेसका कोइरालाको अग्रता कायमै

kharibot

मोरङ । विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दलको तर्फबाट प्रमुखको पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पाँच हजार ३६१ मतले अग्रता लिएका छन् ।

गठबन्धन दलबाट जनता समाजवादी पार्टी नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव, नेकपा एमालेका उपप्रमुखका उम्मेदवार शिल्पा कार्कीभन्दा सात हजार ४८५ मतले पछाडि परेका छन् । 

मुख्य निर्वाचन कार्यालय विराटनगरबाट आज साँझसम्ममा ६४ हजार २८० मतगणनाको प्राप्त नतिजाअनुसार गठबन्धन दलका तर्फबाट कांग्रेसका प्रमुखका उम्मेदवार कोइरालाले २० हजार ७९५, नेकपा एमालेका उम्मेदवार सागर थापाले १५ हजार ४३४, स्वतन्त्र उम्मेदवार उमेश यादवले छ हजार ४७७ र राप्रपाका प्रल्हादप्रसाद साहले चार  हजार १७  मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी कार्कीले १७ हजार ८७९, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १० हजार ३९४, राप्रपाकी विन्दाकुमारी लुर्इंटेल आचार्यले चार हजार ८६६ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले तीन हजार ७८९ मत प्राप्त गरेका छन् ।

विराटनगर महानगरपालिका–१५ को वडाध्यक्षमा कांग्रेसका प्रकाश साह एक हजार ८९७ मत ल्याई निर्वाचित भएका छन् । अहिले महानगरका १० वटा वडामा ३, ४, ५, ६, ८, ९, १०, ११, १२, १४, को मतगणना भइरहेको छ । सो महानगरपालिकामा अब २५ हजार ३९६ मतगणना गर्न बाँकी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै