• २०८१ बैशाख ७ शुक्रबार

अमेरिका र यूरोपमा ‘मङ्कीपक्स’ भाइरसबाट साबधान रहन आग्रह

kharibot

लण्डन । कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई निको पार्दै अघि बढ्न प्रयासरत विश्व समुदायमा ‘मङ्कीपक्स’ नामक भाइरसको सङ्क्रमण देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले विश्वका सबै मुलुकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ । 

अफ्रिकामा पहिलो पटक पत्ता लागेको यो भाइरस सन् २००३ मा अमेरिकाको कयौं शहरमा देखा परेको थियो तर केही समयमै नियन्त्रणमा आएको थियो । भाइरसको सङ्क्रमण उत्तर अमेरिकी मुलुक तथा यूरोपमा पनि देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यामे बर्ष सुरुमा बेलायतमा देखा परेको भाइरस अमेरिकाको टेक्सासमा पनि फैलिएको छ । भाइरसको संक्रमण नाइजेरियाको भ्रमणबाट अमेरिका फर्किएका व्यक्तिमा पुष्टि भएको हो । बिफरसँग मेल खाने यो भाइरसको लक्षण हात खुट्टाबाट सुरु भई शरीरभरी फैलिने गर्छ ।

यो रोगमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने र पछि बिस्तारै शरीरभर पानीको फोका देखा पर्ने गर्दछ ।

डब्ल्युएचओका अनुसार मङ्कीपक्स एक सरुवा रोग भएका कारण उच्च सतकर्ता अपनाउनुपर्ने हुन्छ । अमेरिकामा मङ्किपक्स पुष्टि भएका व्यक्तिलाई छुट्टै निगरानी बढाइएको छ । यद्यपि मङ्कीपक्स सर्ने माध्यम पानीको सानोसानो कणलाई मानिने हुँदा यसको फैलावट अन्य रोगजस्तो हुन नसक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै