• २०८१ बैशाख १२ बुधबार

मुलकोटको अक्क्षित रिसोर्टमा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई २० प्रतिशत सम्म छुट

kharibot

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र सिन्धुली मुलकोटमा रहेको अक्क्षित रिसोर्ट एण्ड ¥याफिटिङ्ग बिच बैंकका ग्राहकहरुलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टका प्रोपाइटर रश्मी वस्नेतबिच हस्ताक्षर भएको छ ।  

सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले डिजिटल माध्यम (मोवाइल बैंकिङ्ग, एटिएम कार्ड, क्रेडिट कार्ड, कनेक्ट आइपिएस)बाट रकम भुक्तानी गर्दा रिसोर्टले पेय पदार्थमा १० प्रतिशत, खानामा १५ प्रतिशत र कोठामा २० प्रतिशत छुट प्रदान गर्नेछ ।

देशभर बैंकको हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै