• २०८१ बैशाख ६ बिहीबार

नागरिकता विधेयकबारे गृहमन्त्री र कानुनमन्त्रीको प्रचण्डसँग छलफल

kharibot

काठमाडौँ । नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ले भेटवार्ता गरेका छन् । 

ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा आज बिहान भएको भेटमा समसामयिक राजनीतिक विषय, सङ्घीय संसद् सञ्चालन र सरकारले संसद्मा पेस गर्न लागेको विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणको भनाइ उद्धृत गर्दै उनको सचिवालेले जनाएको छ । 

प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि छलफल भएको छ । यसअघि पनि गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका थिए  । 

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेटघाट गरेका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै