• २०८१ बैशाख ६ बिहीबार

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

kharibot

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै गएका छन् । 

साहले पाँच हजार ६१ मत प्राप्त गरेका छन् । एमालेका शिवशङ्कर साह तीन हजार २३१ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी एक हजार ४८८ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ४०८ मतका साथ चौथो स्थानमा रहेका छन् ।

निवर्तमान नगरप्रमुखसमेत रहेका गठबन्धनका लालकिशोर साह एक हजार २८३ मतका साथ पाँचौँ स्थानमा छन् ।  

उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राखेका छन् । उनले पाँच हजार ३९५ मत प्राप्त गरेकी छन् । एमालेका रुना झाले तीन हजार ५६४ मतका साथ उनलाई पछ्याइ रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै