• २०८१ बैशाख ६ बिहीबार

कपिलवस्तुको बाणगंगा नगरपालिकामा एमाले विजयी

kharibot

काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । विहिबार बिहान सकिएको मत गणनामा मेयर पदमा नेकपा एमालेका चक्र पाणी अर्याल १८ हजार ९९९ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका रवि राज आचार्यले १८ हजार ३६० मत ल्याएका थिए । मेयरमा विजयी अर्याल निर्वतमान उपमेयर हुन् ।

त्यस्तै उपमेयरमा पनि एमालेकै उम्मेदवार रिता थारुले १९ हजार ३९९ मत प्राप्त गर्दै विजयी भएकी छन् । त्यस्तै काँग्रेसकी तारावती चौधरीले १८ हजार ४६४ मत पाएकी छन् ।

त्यसैगरी ११ वडा रहेको यस नगरपालिकामा एमालेले २, ४,७, ८,९ र १० नम्बर वडा गरि ६ वटा वडा जितेको छ भने काँग्रेसले १, ५, ६ र ११ गरि ४ वटा वडा जितेको छ । त्यसैगरी माओवादी केन्द्रले वडा नम्बर ३ मा जित हासिल गरेको छ ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै