• २०८१ बैशाख १४ शुक्रबार

भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्छ- भट्टराई

kharibot

काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतसँग भइरहेको नेपालको असमान व्यापार सम्बन्ध सच्याउनुपर्नेमा जोड दिएका हुन् ।

चीनसँग भन्दा भारतबाटै नेपालले सामान आयात निर्यात गर्नुपर्ने अवस्था रहेको भन्दै उनले यसका लागि भारतसँगको असमान सम्बन्ध सच्याउनुपर्नेमा जोड दिए । 

भौगोलिक हिसाबले चीनबाट सामान आयात र निर्यात गर्दा वस्तुको मूल्य बढ्ने भन्दै उनले भारतबाटै सामान आयात निर्यात गर्नुपर्ने बताएका हुन् । यद्यपि, उत्तरी नाका पनि खोल्नुपर्ने उनको भनाइ छ । 

भारतको चासो यसबारे जानकारी लिएर उनले अर्थनीति बनाउनुपर्नेमा बताए ।

तर, नीति बनाउँदा आफ्नै देशको हितलाई नै केन्द्रमा राख्नुपर्ने बताएका उनले राष्ट्रहितका विषयमा छलफल गर्नुपर्ने उल्लेख गरे । स्वास्थ्य र शिक्षालाई निजीकरण नगरी राज्यले आफ्नाे दायित्वमा राख्नुपर्ने भट्टराईले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै