• २०८१ बैशाख ८ शनिबार

जीतपुरसिमराको १६ मा एमालेका खरेल दुई भोटले वडाध्यक्षमा विजयी

kharibot

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १६ मा नेकपा एमालेका उम्मेदवार हरिदेव खरेल दुई भोटले वडाध्यक्षमा निर्वाचित भएका छन् ।

झिनो मतान्तरसहिँत अध्यक्षमा निर्वाचित भएका खरेलले १४५४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी केदारनाथ बजगाईले १४५२ प्राप्त गरेका हुन् ।

बजगाई अघिल्लो स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुँन् । उनले खरेरसँग झिनो मतले पराजय व्यहोर्नु पर्यो । यता रोचक जित हात पारेका खरेलको भने प्यानल नैं निर्वाचित भएको छ । खरेल निर्वाचित वडामा नेकपा एमालेको महिला सदस्यको उम्मेदवार सोममायाँ रिमाल, दलित महिला सदस्य पवित्रा मायाँ कार्की, सदस्य प्रेमबहादुर गोले तामाङ र हेमबहादुर बुर्जा मँगर निर्वाचित भए ।

सोहि वडाबाट नेकपा एमालेका प्रमुख उम्मेदवार सरस्वतीदेवी चौधरीले १४३४ मत प्राप्त गरेकी छन् भने, एमाले कै उपप्रमुख उम्मेदवार भोला अधिकारीले १४१७ मत प्राप्त गरे । त्यस्तै, गठबन्धन माओवादीका राजन पाडेलले प्रमुख पदका लागि १६९८ मत प्राप्त गरेका छन् भने कांग्रेसकी उपप्रमुख उम्मेदवार मेघा शाहीले १०२२ मत प्राप्त गरिन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै