• २०८१ बैशाख १३ बिहीबार

नेपालमा रोयल इनफिल्डका भेट्रान सोलो राईडर श्रेष्ठद्वारा सगरमाथाको सफल आरोहण

kharibot

काठमाडौं । नेपालका एक मात्र रोयल इनफिल्डका भेट्रान सोलो राईडर प्रमोद श्रेष्ठ 'गुफी' ले सगरमाथाको सफल आरोहण गरेका छन् ।

श्रेष्ठले यहि जेठ १ गते बिहान  ८ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले १० जना विभिन्न मुलुकका आरोहीसँगै सगरमाथाको सफल आरोहण गरेका थिए ।

यस अघि सगरमाथा आरोहण  '८८४८ बालिकालाई बालबिबाहविरुद्ध शिक्षा' अभियानलाई सफल बनाउनका लागी अल्फा अटोमोटिभले त्रिवेणी ग्रुपको कार्यलयमा एक कार्यक्रमका बीच कम्पनीका निर्देशक हर्ष संघाइले श्रेष्ठलाई शुभकामनाका साथै रोयल इनफिल्डको झण्डा प्रदान गरेका थिए । 

श्रेष्ठले सगरमाथामा चुचुरोमा रोयल इनफिल्डको झण्डा सफलता पुर्वक पुर्याइ फहराएका थिए ।

बिश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभले नेपाल भर बिक्रि अनुमती पाएको छ । कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार कार्य गरिरहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै