• २०८१ बैशाख ४ मंगलबार

थप १९ जनामा कोरोना सङ्क्रमण,८ जना निको 

kharibot

काठमाडौँ । आज थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार १९७ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १४९ जना छन् । पछिल्लो समय आठजना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९२१ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

शून्य सङ्क्रमित भएको ३१ जिल्ला पुगेका छन् ।  नेपालमा सङ्क्रमण दर १७.३ प्रतिशत छ ।

नेपालमा प्रति १० लाखमा ३९३.४ को निधन भएको छ । हाल होम आइसोलेशनमा १४९ जना रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै