• २०८१ बैशाख १४ शुक्रबार

एसियाली जुनियर टेनिस- प्रशंसालाई दुई रजत पदक

kharibot

काठमाडौं  । प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट–१ मा दुई रजत पदक जितेकी छिन् ।

कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको फाइनलमा पराजित भएसँगै प्रतियोगितामा प्रशंसाले एकल र युगल तर्फ रजत जितेकी हुन् । 

प्रशंसा फाइनलमा रुसकी एलेक्जेन्ड्रासँग ६–३ र ६–१ ले पराजित भइन् । युगल तर्फ प्रशंसाको जाडी साफिया अल थानी थिइन् । सर्किट– २ सोमबारदेखि सुरु हुँदैछ । 

सर्किट–२ मा पनि प्रशंसा खेल्दैछिन् । प्रशंसा नेपालबाट सहभागी हुने एक्लो खेलाडी हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै