नयाँदिल्ली । तमिलनाडुको कांचीपुरमस्थित कांची मठका शंकराचार्य जयेन्द्र सरस्वतीको ८२ बर्षको उमेरमा निधन भएको छ ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार शंकराचार्य जयेन्द्र सरस्वती केहि महिना देखि विरामी थिए । पछिल्लो महिना सास फेर्न गार्हो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यति बेला देखि नै उनि अस्पतालमा नै रहेको बताइएको छ ।
शंकराचार्य सरस्वती कामकोटि पिठमा हिन्दुका ६९औ शंकराचार्य थिए ।