रामपुर (पाल्पा) । पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का यमबहादुर चिदी निर्वाचित भएका छन् ।
अध्यक्ष चिदीले छ हजार १०९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोषकुमार थापाले पाँच हजार ५५४ मत पाएका छन् ।
पराजित थापा २०७४ को निर्वाचनमा निर्वाचित पालिका अध्यक्ष छन् ।
उपाध्यक्षमा एमालेकै विष्णुमाया लुङचे पाँच हजार ८८२ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसकी विजयाकुमारी भट्टराईले पाँच हजार ६४४ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका सचिवसमेत रहेका सन्तोषकुमार थापाको पराजय भएसँगै कांग्रेसका कार्यकर्ता तथा नेताहरु अन्तर्घात भएको आरोप प्रत्यारोपमा छन् ।
यहाँ २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य कांग्रेसबाटै विजयी भएका थिए ।
निर्वाचनमा १९ हजार ३४७ मतदाता रहेको माथागढी गाउँपालिकामा १३ हजार ३०१ मत खसेको थियो ।