• २०८१ बैशाख ८ शनिबार

पाकिस्तानको पेसावरमा गोली हानी २ जना व्यापारीको हत्या

kharibot

इस्लामावाद । पाकिस्तानको पेसावर शहरमा आइतबार गोली हानेर दुई जना व्यापारीको हत्या गरिएको समाचार छ ।

समाचारअनुसार यहाँ दुई जना स्थानीय व्यापारीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानेका थिए । 

पेसावरको प्रहरीले दिएको जानकारीअनुसार आइतबार साँझ मोटर साइकलमा आएका दुई अज्ञात व्यक्तिले ती दुई जना व्यापारीको हत्या गरेर भागेका थिए ।
 
यस घटनाको कारण खुल्न सकेको छैन । पेसावर प्रहरीका प्रवक्ताले अल्पसंख्यक जातीका ती व्यापारीलाई गोली हानेपछि सो क्षेत्रका सबै पसलहरु बन्द गरिएको थियो ।

ती आक्रमणकारीहरुको खोजी कार्य जारी रहेको पेसावर प्रहरी कार्यालयले जनाएको छ । उक्त हत्याकाण्डपछि सो क्षेत्रका अल्पसंख्यक जातीका नागरिकले दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै