• २०८१ बैशाख १३ बिहीबार

म्यानचेस्टर सिटी बराबरीमा रोकिएपछि प्रिमियर लिग थप रोमाञ्चक

kharibot

काठमाडौँ । म्यानचेस्टर सिटी वेस्टह्यामसँग बराबरीमा रोकिएपछि प्रिमियर लिग रोचक बनेको छ । म्यानचेस्टर सिटीलाई आइतबार आफ्नो घरेलु मैदानमा वेस्टह्याम युनाइटेडले २-२ गोलको बराबरीमा रोकेको हो ।

वेस्टह्यामका लागि जारोड बोवेनले दुवै गोल गरेका थिए भने सिटीका लागि ज्याक ग्रीलिशले एक गोल गरे भने वेस्टह्यामका भ्लादमिर कोउफलले एक गोल आत्मघाती गोल गरेका थिए ।

सिटीले खेलको ८६औ मिनेटमा पाएको पेनाल्टी सदुपोग गर्न नसक्दा  अग्रता लिने अवसर गुमाएको थियो । सिटीका रियाद महारेजले हानेको पेनाल्टी वेस्टह्यामका गोल किपरले बचाएका थिए ।

यो बराबरीपछि म्यानचेस्टर सिटीको ३७ खेलमा ९० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । तर एक खेल कम खेलेको लिभरपुलको ८६ अंक रहेको छ । लिभरपुल भन्दा ४ अंकले अगाडी रहेपनि सिटीलाई यो बराबरीपछि लिगको अन्तिम खेलमा एस्टन भिल्लासँग कम्तिमा हार नबेहोर्ने दबाब भने रहने छ ।

त्यस्तै यो खेलपछि वेस्टह्यामको ३७ खेलमा ५६ अंक भएको छ र लिगमा सातौ स्थानमा रहेको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै