• २०८१ बैशाख ७ शुक्रबार

निर्वाचनमा योजनाबद्ध रुपमा धाँधली भयो- एमाले

kharibot

काठमाडौँ । नेकपा एमालेले निर्वाचनमा योजनाबद्ध रुपमा धाँधली भएको आरोप लगाएको छ । आइतवार एक प्रेस वक्तव्य जारी गर्दै एमालेले सत्ताधारी गठबन्धनले निर्वाचन जित्न योजनाबद्धरुपमा धाँधली गरेको आरोप लगाएको हो । 

एमालेले भनेको छ- 'स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको छ । यसरी सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ । हामीले निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरूका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ ।’

एमालेले ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको भन्दै यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग पनि गरेको छ । वक्तव्यमा भनिएको छ- ‘पुनः मतदान र मतगणनाको लागि नेकपा (एमाले)ले दिएको उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न र हामीले २०७९/१/३० लगायत विभिन्न मितिमा केन्द्रीय कार्यालयको तर्फबाट र सम्बन्धित उम्मेदवारहरूले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष दिएका दिएको निवेदन अनुसार निष्पक्ष तबरले पुनः मतदान गराउने र मतगणना गराउन आग्रह गर्दछ ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै