• २०८१ बैशाख १३ बिहीबार

म्याग्दीको मालिका गाउँपालिकामा एमाले विजयी

kharibot

पोखरा । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार बेग प्रसाद गर्बुजाले ३०९१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका श्री प्रसाद रोका मगरले २९७० मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा पनि एमालेकी लक्ष्मी देवी घर्ति विजयी भएकी छन् । लक्ष्मीले ३१६७ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी काँग्रेसकी पिपला बुढा २८ मत अन्तरले पराजित भएकी छन् ।

७ वडा रहेको यस गाउँपालिकामा काँग्रेस र एमालेले ३-३ वडाअध्यक्ष जितेका छन् भने एक वडाअध्यक्ष माओवादी केन्द्रले जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै