• २०८१ बैशाख ५ बुधबार

हुम्लामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन

kharibot

हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ ।

उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकोप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको हो । 

न्यालु लेकमा हिमपातको कारण ती मतदानस्थलबाट मतपेटिका संकलन गर्न सकिएको थिएन । ती तीन स्थानका मतपेटिका आज नेपाली सेनाको हेलीकप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्रमा ल्याइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार संकलित मतपेटिकाको मतगणनाकार्य आजै बेलुकासम्म सुरु गरिने छ । 

यसैबीच हुम्लाको दक्षिण भेगमा पर्ने खार्पुङनाथ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फको उम्मेदवार नेपाली कांग्रेसका कर्णबहादुर रावलले एक हजार ८१० मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाशबहादुर शाही एक हजार १८५ मतले पराजित भएका छन् । 

त्यस्तै उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा (माओबादी) का ज्ञानबहादुर सिंह एक हजार ८७१ मतले विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का शक्तिसिंह ऐडीले ८५० ल्याइ पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै