मनाङ । मनाङको नासों गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङ ८२० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङले ६४६ मत ल्याएका छन् ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङ विजयी भए । उनले ९१३ मत ल्याएका छन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार अर्भिन गुरुङले ४९६ मत पाए ।
योसँगै मनाङका ४ वटै स्थानीय तहको नतिजा आइसकेको छ । जसमा कांग्रेस र एमालेले २-२ पालिका अध्यक्षमा जित हासिल गरेका छन् ।