• २०८१ बैशाख ७ शुक्रबार

बाबुराम भट्टराईलाई फोटो खिच्न दिने मतदान अधिकृतलाई आयोगले सोध्यो स्पष्टीकरण

kharibot

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई मतदान केन्द्र भित्र फोटो खिच्न दिने मतदान अधिकृत प्रदीपकुमार शर्मा रुपाखेतीसँग स्पष्टीकरण सोधेको छ । 

भट्टराईले मतसंकेत गरेको मतपत्रको फोटो खिची सामाजिक सञ्जालमा राखेपछि आयोगले मतदान केन्द्रमा फोटो खिच्ने दिने मतदान अधिकृतसँग चौबिस घण्टे स्पष्टीकरण सोधेको हो । 

शुक्रबार भएको मतदान भट्टराईले गोरखाको पालुङटार नगपालिका खोप्लाङ (क) अन्नपूर्ण मावि केन्द्रमा मत खसालेका थिए । उक्त केन्द्रमा मतदान अधिकृत प्रदीपकुमार शर्मा रुपाखेती रहेका थिए । 

रुपाखेतीलाई डा. भट्टराईले मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेको विषयमा आयोगले ‘के कसो भएको हो ? उहाँले के कसरी गोप्य मतसंकेत गर्ने स्थानमा क्यामेरा वा मोबाइल लग्नुभयो ? निज डा. बाबुराम भट्टराईले फोटो लिने सामाग्री साथ लग्दा के कति कारणले सम्बन्धति मतदान अधिकृतले फोटो लिने सामाग्री लानबाट निजलाई रोक्नु भएन ?’ भनी स्पष्टीकरण सोधेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै