• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौं र भरतपुर महानगरमा बिहान ८ बजेदेखि मतगणना सुरु हुने

kharibot

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना केही जिल्लामा सुरु भएको छ भने केहीमा अहिले बिहान ७ बजेदेखि सुरु हुने भएको छ ।

काठमाडौं र भरतपुर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना हुने भएको छ । त्यस्तै , ललितपुरमा अहिले बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

उता विराटनगर महानगरमा भने बिहान ८ बजेपछि मात्र मतगणना हुने भएको छ । सर्वदलीय वैठकपछि गणना सुरु गरिने भएको हो । 

हेटौंडा उपमहानगरमा बिहान ७ बजेदेखि मतगणना हुने भएको छ । 

चितवनको कालिका र माडी नगरपालिकामा मतगणना जारी छ । त्यसैगरी   स्याङ्जाको गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकामा पनि मतगणना जारी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै