• २०८१ बैशाख ७ शुक्रबार

बैंगलोरमाथि पञ्जाव किंग्सको शानदार जित

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले रोयल च्यालेनाजर्स बैंगलोरलाई ५४ रनले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पञ्जावले दिएको २१० रनको लक्ष्य पछाएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाउदै १५५ रन मात्र बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ९ विकेट गुमाउदै २०९ रन बनाएको थियो ।

खेलमा २९ बलमा ६६ रन बनाएका पञ्जाव किंग्सक जोनी बैरस्ट्रव खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

यो जितपछि पञ्जाव किंग्सको १२ खेलमा ६ जितसहित १२ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

त्यसैगरी बैंगलोरको १३ खेलमा १४ अंक रहेको छ र हाल चौथो स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै