• २०८१ बैशाख ७ शुक्रबार

रौतहटमा मतपेटिका लुटियो

kharibot

रौतहट । सुरक्षा व्यवस्था कसिलो नभएका कारण रौतहटको अधिकांश मतदान स्थलहरुमा तनाव, झड्प, मतपेटिका तोडफोड गर्नुका साथै मतपेटिका लुटेर भागेका छन् ।

जिल्लाको यमुनामाई गाउँपालिका वडा नं.१ को मावी चिकना जेठरहिया क मतदान केन्द्रमा मतदान विहानै देखि सुरु भए पनि दिउसो साँढे ३ बजेको समयमा बादविवाद सृजना भई झड्प हुँदा मतपेटिकामा पानी खन्याएको, मतपेटिका तोडफोड गरिएको हो ।

यसैगरी सोही गाउँपालिकाको वडा नं.२ भेडियाहीमा पनि २ वटा मतपेटिका दिउँसो साँढे चार बजेको समयमा स्थानीयहरु लुटेर भागेका छन् । मतपेटिका लुटेर भागे पनि सुरक्षाकर्मीहरुले त्यसलाई जोगाउँन सकेनन । 

यसैगरी बौधीमाईको कंकालीमाई मावी सरमुजवा मतदान केन्द्र र इनर्वा मतदान केन्द्रमा बाकस तोडफोड गरी आगो लगाएको छ । यसैगरी गढीमाई नगरपालिकाको वडा नं.३ र ६ मा मतदान गराउँने अवस्था नरहेको बताइएको छ । 

यस्तै माधवनारायणको खेसरहिया अहिले पूर्ण रुपमा तनाव ग्रस्त बनेका छन् । यमुनामाई गाउँपालिकामा निर्वाचन अधिकृत हरिप्रसाद शर्माले वडा नं.१ मा मतपेटिकामा क्षति पुर्याएको र वडा नं.२ मा मतपेटिका लिएर भाग्दै गर्दा सुरक्षाकर्मीले खोसेर ल्याएको बताए ।  जिल्लाका अधिकांश स्थानहरुमा छिटफुट झड्प भएको कतिपय स्थानमा प्रहरीले वल प्रयोग गरे पनि अवस्था तनावपूर्ण नैं रहेकाले मतदान सुचारु हुन सकेन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै