• २०८१ बैशाख १२ बुधबार

म्यानचेस्टर सिटीको स्टेडियममा सर्जियो अग्युरोको मूर्ति अनावरण

kharibot

काठमाडौँ । म्यानचेस्टर सिटीले क्लबको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी सर्जियो अग्युरोको मूर्ति अनावरण गरेको छ । सिटीले २०१२ मा पहिलो पटक प्रिमियर लिग उपाधि जित्न क्विन्स पार्क रेंजर्सविरुद्ध उनको अन्तिम मिनेटको गोलको १०औं वार्षिकोत्सवको अवसरमा अग्युरोको मुर्ति अन्वारण गरेको हो ।

अग्युरोको मूर्ति पुरस्कार विजेता मूर्तिकार एन्डी स्कटद्वारा सिर्जना गरिएको थियो र इतिहाद स्टेडियम बाहिर उनका पूर्व टोली साथी भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाको साथमा राखिएको छ ।

सिटीले भनेको छ- 'अग्युरोको स्थायी मूर्तिले क्लबको सफलतामा उनको उत्कृष्ट योगदानको उत्सव मनाउने छ, र विशेष गरी, खेलकुद इतिहासको सबैभन्दा ठूलो क्षणहरू मध्ये एक थियो जसको लागि उनलाई विश्वभरका म्यानचेस्टर सिटीका फ्यानहरूले सधैंभरि सम्झनेछन् ।'

सन् २०१२ मा म्यानचेस्टर सिटीलाई प्रिमियर लिग सिजनको अन्तिम दिन उपाधि जित्न आवश्यक थियो ।

खेलमा एक मिनेट बाँकी रहँदा २–१ गोलले पछी रहेको बेला एडिन डिजेकोले इन्जुरी समयमा बराबरी गरेपछि अग्युरोले क्लबकै इतिहासमा अविस्मरणीय गोल गर्दै सिटीलाई जित दिलाएका थिए ।

सिटीले आफ्नो मुर्ति अनावरण गरेपछि अग्युरोले पनि सिटीलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्- 'साँच्चै भन्ने हो भने, यो मेरो लागि धेरै सुन्दर कुरा हो, १० वर्ष पहिले आफूलाई देख्नु धेरै हदसम्म सुन्दर छ । १० बर्षअघि मैले धेरै ट्रफीहरू जित्न सक्षम भएँ र क्लबलाई विश्वको सबैभन्दा महत्त्वपूर्ण मध्ये एक बन्न मद्दत गर्न सक्षम भएँ । म्यानचेस्टरमा मेरो फुटबल करियरको मान्यतामा यो मूर्ति बनाएकोमा म क्लबप्रति धेरै आभारी छु । यो धेरै विशेष कुरा हो ।'

सन् २०११ मा एट्लेटिको म्याड्रिडबाट म्यानचेस्टर सिटी पुगेका अग्युरोले सिटीमा रहदा ५ प्रिमियर लिग उपाधिसहित १५ वटा ट्रफी जितेका थिए ।

सिटीबाट गत सिजनमा बार्सिलोना गएका अग्युरोले मुटुमा समस्या आएपछि सबैखाले फुटबलबाट सन्यास लिनुपरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै