• २०८१ बैशाख ८ शनिबार

बलिउडमा अर्को जोडी अलग, सोहेल र सीमाको सम्बन्धविच्छेद

kharibot

काठमाडौँ । बलिउडमा अर्को जोडी अलग भएको छ । सुपरस्टार सलमान खानका भाइ एवम अभिनेता तथा निर्देशक सोहेल खान र उनकी श्रीमती सीमा खानको विवाहको २४ वर्षपछि सम्बन्धविच्छेद भएको छ ।

शुक्रबार दुवैले मुम्बईको पारिवारिक अदालतमा सम्बन्ध बिच्छेदको फाइल दर्ता गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  मिडिया रिपोर्टका अनुसार पारिवारिक अदालतमा सोहेल खान र सीमा खान उपस्थित भएर दुवैले सम्बन्धविच्छेद गरेका छन् ।

यद्यपी दुबै तर्फबाट यस विषयमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन । लामो समयदेखि यी दुईबीच सबै कुरा राम्रो नरहेको बताइएको छ ।

सोहेल र सीमाले सन् १९९८ मा भागेर विवाह गरेका थिए । सीमा दिल्लीकी हुन् र फेसन डिजाइनिङमा करियर बनाउन मुम्बई गएकी थिइन् । यसैबीच सीमा र सोहेलको पहिलो भेट भयो । 

सीमा पंजाबी परिवारकी हुन् । विवाह अघि उनको नाम सीमा सचदेव थियो । उनका पिता अर्जुन सजदेह हुन् । सीमाका भाइ बंटी सचदेव कर्नरस्टोन स्पोर्ट्स एन्ड इन्टरटेनमेन्टका संस्थापक हुन्। पारिवारिक विरोधका कारण सोहेलको फिल्म ‘प्यार किया तो डरना क्या’ (१९९८) रिलिज भएको दिन दुवैले घरबाट भागेर आर्य समाजको मन्दिरमा विवाह गरेका थिए ।

पछि दुवैको परिवारले यो सम्बन्धलाई स्वीकार गरे । यी जोडीले विवाह पनि गरेका थिए । दम्पतीका दुई छोरा निर्वाण खान र योहान खान छन् ।

सीमा नेटफ्लिक्सको ओरिजिनल सिरिज फेब्युलस लाइफ अफ बलिउड वाइफमा देखा परेकी छिन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै