• २०८१ बैशाख ८ शनिबार

उत्तर कोरियामा कोभिड–१९ सङ्क्रमित एकको मृत्यु

kharibot

सोल । उत्तर कोरियामा एकजनामा कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ ।

उत्तर कोरियाले आफ्नो पहिलो कोभिड–१९ को मृत्युको पुष्टि गर्दै ज्वरो “विस्फोटक रूपमा“ राष्ट्रव्यापी रूपमा फैलिरहेको र हजारौं मानिसहरू बिरामी भएपछि अलग्गै अलग्गै राखि उपचार भइरहेको बताएको छ । कोरोनाका एक सङ्क्रमित भेटिएको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले  बिहीबार जानकारी दिएको थियो ।

सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो सङ्क्रमण पाइएको जानकरी दिएको थियो  ।

सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही बिरामीमा गरिएको परीक्षणबाट एक जनामा यो सङ्क्रमण पाइएका थिए ।

यहाँ पाइएको सङ्क्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि समाचारमा जनाइएको छ  ।

यो सङ्क्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय सङ्कटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै