• २०८१ बैशाख ७ शुक्रबार

काभ्रेको चौरीदेउरालीमा मतदाताले परिवारकै अर्का सदस्यको नाममा हालेपछि विवाद

kharibot

काठमाडौँ । काभ्रेको चौरीदेउराली गाउँपालिकामा मतदानको क्रममा विवाद उत्पन्‍न भएको छ । विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेको काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । 

उनका अनुसार बैठकबाट  विवाद  निरुपण हुने र त्यसपछि  निर्वाचन हुने जानकारी दिए ।

'अघि एकछिन विवाद भयो । त्यस्तो केही भएन । अहिले सर्वदीय बैठक बसिरहेको छ । केहीबेरदेखि फेरि मतदान हुन्छ', उनले भने । 

एक जना मतदाताले परिवारकै अर्का मतदाताको मत हालेपछि विवाद भएको हो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै