• २०८१ बैशाख ४ मंगलबार

रुपन्देहीको हिलाम्य मतदान केन्द्र, सास्ती खेप्दै मतदाता

kharibot

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-३ अवस्थित मतदान केन्द्र वर्षाले हिलाम्य भएको छ । बिहीबार र शुक्रबार परेको पानीका कारण मतदान स्थल हिलाम्य भएको हो ।

साघुरो क्षेत्र रहेको खजहना आधारभूत विद्यालयको मतदान स्थलमा बैकल्पीक व्यवस्था नभएकोले बाध्यात्मक रुपमा हिलो टेकेर भएपनि मतदाताले मताधिकार प्रयोग गरिरहेका छन् ।

वर्षाले तयारी अवस्थामा रहेको मतदान केन्द्रको लाइन लाग्न बनाइएको क्षेत्रमा पानीले हिलाम्य बनाएको छ । मत दिने ठाँउ र मतपेटिका भने सुरक्षित रुपमा राखिएको छ ।

यही मतदान केन्द्रबाट राप्रपाका नेता दिपक बोहराले मतदान गरेका छन् । उनी मतदान गर्न जाँदा हिलोले लडेका थिए । उनका सहयोगीले सम्हालेका थिए । 

पानी रोकिए पनि  हिलाम्य हुँदा समस्या भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै