• २०८१ बैशाख १३ बिहीबार

निर्वाचनको उत्साह (फोटो फिचर)

kharibot

काठमाडौँ । आज देशभरका ७५३ स्थानीय तहका लागि उत्साहजनक रुपमा मतदान जारी रहेको छ । विहान ७ बजेदेखि देशभरका ७५३ स्थानीय तहमा मतदान जारी रहेको छ । 

राजनीतिक दलका शिर्ष नेताहरु, उम्मेदवार र मतदाताले अहिले मतदान गरिरहेका छन् । मतदानको क्रममा दोलखा, बारा  र हुम्लामा झडपका खबर पनि आएका छन् । झडपमा केहि घाइते भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । 

यसैक्रममा बैतडीको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार ३ कफल्टाका ८४ बर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस निर्वाचनमा जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । 

यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । 

स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

देशका विभिन्न भागमा अहिले जारी मतदानका केहि तस्वीर:  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै