• २०८१ बैशाख ६ बिहीबार

टोटनह्यामले आर्सनललाई हरायो

kharibot

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनह्यामले आर्सनललाई ३-० अन्तरले पराजित गरेको छ । 

लण्डन डर्बीको खेलमा आर्सनल १० खेलाडीमा सीमित भएको थियो । टोटनह्यामका लागि ह्यारी केनले दुई तथा ह्युङ मीन सनले एक गोल गरे । 

पहिलो हाफमा दुई गोल गरेको टोटनह्यामले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ३३औँ मिनेटमा रब होल्डिङले दोहोरो पहेँलो कार्ड पाउँदा आर्सनल १० खेलाडीमा सीमित भएको थियो । 

खेलपछि आर्सनल ६६ अंकका साथ चौथो स्थानमा छ भने टोटनह्याम ६५ अंकका साथ पाँचौ स्थानमा छ ।

अब २ खेल बाँकी हुँदा शीर्ष चारका लागि टोटनह्याम  र आर्सनलबीच च्याम्पियन्स लिगमा स्थान बनाउन प्रतिस्पर्धा हुनेछ । 

म्यानचेस्टर सिटी ८९ अंकका साथ शीर्ष स्थानमा  छ । लिभरपुल ८६ अंकका साथ दोस्रो तथा चेल्सी ७० अंकका साथ तेस्रो स्थानमा छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै