• २०८१ बैशाख १३ बिहीबार

उपत्यकाभित्र प्रेस पास भएका पत्रकारलाई सवारी अनुमतिपत्र नचाहिने

kharibot

काठमाडौँ । निर्वाचन आयोगले मतदानको दिन उपत्यकाभित्र सञ्चारकर्मीको सवारी आवागमनलाई थप सहजीकरण गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो ।

प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत अनुरोध भई आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौँले सवारी अनुमतिपत्र जारी गर्न सक्नेछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै