• २०८१ बैशाख ७ शुक्रबार

मेसी बने विश्वकै धेरै कमाउने खेलाडी, रोनाल्डो तेस्रो स्थानमा

kharibot

काठमाडौँ । लियोनेल मेसी सबैभन्दा बढी कमाई गर्ने खेलाडी बनेका छन् । फोर्ब्सको पछिल्लो अपडेट अनुसार मेसीले लेब्रोन जेम्सलाई पछि पार्दै फोर्ब्सको सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा पहिलो स्थानमा पुगेका हुन् । त्यस्तै अर्का फुटबलर क्रिस्टियानो रोनाल्डो यस सूचीमा तेस्रो स्थानमा रहेका छन् ।

मेसीले बर्सिलोनाबाट पिएसजीमा जादा उनको प्रदर्शन सोचे अनुसार नभएपनि उनको कमाई भने विश्वका सबै खेलाडीहरु मध्ये बढी रहेको छ । यस्तो छ फोर्ब्सको धेरै कमाई गर्ने १० खेलाडीहरुको सूची : 

१०- गियान्निस एन्टेटोकुउन्म्पो (८०.९ मिलियन डलर):

बास्केट बल खेलाडी गियान्निसले पछिल्लो १२ महिनामा ८० मिलियन डलर कमाई गरेका छन् । मिलवाउकी बक्सका दुई पटकका मस्ट भ्यालुवेवल खेलाडी बनेका गियान्निसले खेल बाहेक व्हाट्सएप र गुगल पिक्सेलसँगका व्यावसायिक सम्झौता र उनको जीवन कथा - 'राइज' नामक बायोपिकको कमाई पनि समावेश रहेको छ ।

९- टम ब्राडी (८३.९ मिलियन डलर)

अमेरिकी पुर्व फुटबलका उत्कृष्ट खेलाडीले सक्रिय फुटबलबाट बिश्राम लिए पनि फक्स स्पोर्ट्ससँगको सम्झौतासहित विभिन्न प्रमोशन र स्काई डान्स स्पोर्ट्ससँगको सम्झौताबाट आउने पैसाबाट पछिल्लो १२ महिनामा ८३.९ मिलियन डलर कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

८- कानेलो अल्भारेज (९० मिलियन डलर):

मेक्सिकन बक्सर कानेलोले खेल बाहेक आफ्नो रेस्टुरेन्ट चेन, प्रमोशन लगायतबाट १२ महिनामा ९० मिलियन डलर कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

७. रोजर फेडेरर (९०.७ मिलियन डलर)

स्विस टेनिस खेलाडीले खेलका अलवा रोलेक्स र यूनिक्लोसहितका ब्रान्डहरूसँग पछिल्ला १२ महिनामा ९० मिलियन डलर कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

६- केभिन डुरान्ट (९२.१ मिलियन डलर)

बास्केटबल खेलाडी केभिनले खेलका अलावा नाइकसहितका ब्राण्डको प्रमोशन, आफ्नो बिभिन्न निजी लगानी र डिजिटल फिटनेस स्टार्टअप फ्यूचरबाट १२ महिनामा ९२.१ मिलियन डलर कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

५- स्टीफन करी (९२.८ मिलियन डलर)

गोल्डेन स्टेट वारियर्सका बास्केटबल खेलाडी करीले खेलका अलावा बिभिन्न ब्राण्ड प्रमोशन र अन्य लगानीबाट पछिल्लो १२ महिनामा ९२.८ मिलियन डलर कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

४- नेइमार (९५ मिलियन डलर)

ब्राजिलका पिएसजीबाट खेल्ने नेइमारले क्लबबाट हुने कमाईका अलावा विभिन्न ब्रान्ड प्रमोशनबाट पछिल्लो १२ महिनामा ९५ मिलियन डलर कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

३- क्रिस्टियानो रोनाल्डो (११५ मिलियन डलर)

पोर्चुगलका म्यानचेस्टर युनाइटेडबाट खेल्ने फुटबलर रोनाल्डोले क्लबबाट हुने कमाईका अलावा सामाजिक संजाल, ब्राण्ड प्रमोशन, आफ्नो निजी ब्राण्ड लगायतबाट पछिल्लो १२ महिनामा ११५ मिलियन डलर कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

२- लेब्रोन जेम्स (१२१ मिलियन डलर)

लस एन्जलस लेकर्सका बास्केटबल खेलाडीको खेलका अलावा बिभिन्न ब्राण्ड प्रमोशन, क्रिप्टो डट कमसँगको सम्झौतालगायत होम जिम कम्पनी टोनल र स्पोर्ट्स टेक स्टार्टअप स्टेटसप्रोलगायतका लगानीबाट पछिल्लो १२ महिनामा १२१ मिलियन डलर कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

१- लियोनेल मेस्सी (१३० मिलियन डलर)

पिएसजीबाट खेल्ने अर्जेन्टिनी लियोनेल मेसी विश्वको सबैभन्दा बढी कमाई गर्ने खेलाडी बनेका छन् । मेसीले पिएसजीबाट पाउने पारिश्रमिक बाहेक विभिन्न ब्राण्ड प्रमोशनबाट धेरै कमाई गरेका छन् । मेसीले एडिडास, बडवेइजर र पेप्सिकोलगायतका ब्राण्डहरुसँग व्यावसायिक साझेदारी गरेका छन् । यो सहित मेसीले पछिल्लो १२ महिनामा १३० मिलियन डलरको कमाई गर्दै यस सुचीमा शिर्ष स्थानमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै