काठमाडौँ । विहिबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन तोलामा ८ सयले बढेको छ ।
आज सुन मुल्य तोलाको ९७ हजार ८ सय कायम भएको छ । यस अघि बुधबार सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो ।
त्यस्तै विहिबार तेजावी सुनको मुल्य तोलाको ९७ हजार ३ सय निर्धारण भएको छ ।
त्यस्तै विहिबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी टोलमा ५ रुपैयाँले बढेर १२५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।