• २०८१ बैशाख ७ शुक्रबार

आइपिएलबाट बाहिरिए रविन्द्र जडेजा

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) मा प्लेअफमा पुग्न संघर्ष गरिरहेका चेन्नई सुपर किंग्सका अलराउन्डर रविन्द्र जडेजा चोटका कारण आईपीएलबाट बाहिर भएका छन् ।

रिपोर्टका अनुसार रोयल च्यालेन्जर्स बैंग्लोरसँगको खेलमा फिल्डिङ गर्ने क्रममा जडेजा घाइते भएका थिए । जसका कारण उनी दिल्ली क्यापिटल्सविरुद्धको प्लेइङ इलेभेनबाट पनि बाहिरिएका थिए ।

चेन्नईको अहिलेसम्म ११ खेलमा ४ खेल जितेर ८ अंक छ र अब ३ खेल खेल्न बाँकी छ । चेन्नई यस्तो स्थितिमा छ कि उसले १४ अंक हासिल गर्न बाँकी सबै खेल जित्नुपर्नेछ र प्लेअफका लागि अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्छ । ४ टोलीको १४ अंक भएकाले रन रेट पनि महत्त्वपूर्ण हुनेछ ।

महेन्द्र सिंह धोनीले आईपीएल सिजन सुरु हुनुभन्दा २ दिन अगाडि चेन्नईको कप्तानी रविन्द्र जडेजालाई सुम्पेका थिए तर ८ खेलपछि  जडेजाले फेरि धोनीलाई कप्तानी सुम्पेका थिए । जडेजाको कप्तानीमा टोलीले दुई खेल जितेको थियो ।

यस सिजनमा जडेजाले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । चेन्नईले उनलाई १६ करोड भारुमा रिटेन गरेको थियो । यति मात्र होइन, उनलाई टोलीको कप्तानी पनि सुम्पिएको थियो, तर उनको प्रदर्शन फ्रेन्चाइजी र फ्यानको अपेक्षाअनुरूप हुन सकेन ।

जडेजाको कप्तानीमा चेन्नईले आठ खेलमध्ये छ हारेको थियो । यति मात्र होइन, जडेजाको प्रदर्शन पनि सामान्य रह्यो । उनले १० खेलमा ११६ रन मात्र बनाएका छन्, जसमा अपराजित २६ रन सिजनको उत्कृष्ट रन रहेको छ । योसँगै बलिङको कुरा गर्दा जडेजाले यी खेलमा पाँच विकेट मात्रै लिन सकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै