काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भरहम्पटनलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा केभिन डी ब्रुनेले ४ गोल गरेका थिए भने रहिम स्टरलिङले एक गोल गरेका थिए । त्यस्तै वोल्भ्सका लागि लीन्डर डेनडोनकरले एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको ३६ खेलमा ८९ अंक भएको छ र प्रिमियर लिगको शिर्ष स्थानमा रहेको छ । लिगका दुई खेल बाँकी रहदा म्यानचेस्टर सिटीले लिभरपुलमाथि स्पष्ट ३ अंकको अग्रता हासिल गरेको छ । सिटीले अब लिगमा वेस्टह्याम र एस्टन भिल्लासँग खेल्ने छ ।