काठमाडौँ । इन्टर मिलानले कोपा इटालीयाको उपाधि जितेको छ । इन्टर मिलानले युभेन्टसलाई ४-२ गोल अन्तरले पराजित गर्दै यस बर्षको कोपा इटालीयाको उपाधि जितेको हो ।
गएराती सम्पन्न खेलमा निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि अतिरिक्त समयमा इन्टर मिलानले थप २ गोल गर्दै खेल ४-२ ले जितेको हो ।
इन्टर मिलानका लागि अतिरिक्त समयमा दुवै गोल इभान पेरिसिकले गरेका थिए ।
यस अघि इन्टर मिलानका लागि निकोलो बारेला र हकान कल्हानोग्लुले एक एक गोल गरेका थिए ।
त्यस्तै युभेन्टसका लागिएलेक्स सानड्रो र दुसान भ्लाहोभिकले एक एक गोल गरेका थिए ।
यो सहित इन्टर मिलानले आठौ पटक कोपा इटालीयाको उपाधि जितेको छ । इन्टर मिलानले २०११ पछि पहिलो पटक कोपा इटालियाको उपाधि जितेको हो ।
कोपा इटालियाको उपाधि सबै भन्दा बढी जित्ने क्लब भने युभेन्टस नै हो । युभेन्टसले १४ पटक यो उपाधि जितेको छ । त्यस्तै रोमाले ९ पटक यो उपाधि जितेको छ ।