• २०८१ बैशाख ११ मंगलबार

मार्श र वार्नरले दिल्ली क्यापिटल्सलाई जिताए

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

राजस्थानले दिएको १६१ रनको लक्ष्य पछाएको दिल्लीले १८.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

दिल्लीको जितमा मिचेल मार्शले सर्बाधिक ८९ रन बनाएका थिए भने डेविड वार्नरले अविजित ५२ रन बनाएका थिए ।

शुन्य रनमा नै पहिलो विकेट गुमाएको दिल्लीका लागि मार्श र वार्नरले दोस्रो विकेटका लागि १४४ रनको साझेदारी गरेका थिए ।

त्यस्तै कप्तान ऋषव पन्तले अविजित १३ रन बनाएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउदै १६० रन बनाएको थियो ।

राजस्थानका लागि आर आश्विनले ५० रन बनाए भने देवदत्त पाडिकलले ४८ रन बनाएका थिए । त्यस्तै यजश्वी जैसवालले १९ रन बनाएका थिए ।

यो जितपछि दिल्ली क्यापिटल्सको १२ खेलमा १२ अंक भएको छ र दिल्ली पाँचौं स्थानमा रहेको छ । त्यस्तै राजस्थान रोयल्सको १२ खेलमा १४ अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै