• २०८१ बैशाख ८ शनिबार

थप २१ जनामा कोरोना संक्रमण, १६ जना निको

kharibot

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट १८ र एन्टीजेनबाट ३ संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.८ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३०७० पिसिआर र ७१८ नमुना एन्टीजेन परिक्षण गरि कुल ३ हजार ७८८ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८७ रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै