• २०८१ बैशाख ११ मंगलबार

मुगुस्थित नेपाल टेलिकमको टावरमा एकै महिनामा ३ पटक तोडफोड

kharibot

मुगु । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुगुकाे सोरु गाउँपालिकास्थित नेपाल टेलिकमको टावरमा अज्ञात समुहले तोडफोड गरेकाे छ ।

याेसहित एकै महिनामा टावरमा ताेडफाेड भएकाे तेस्राे पटक हाे ।  

सोरु गाँउपालिका-३ भिँई गाउँमा नेपाल टेलिकमको भिस्याट प्रविधिको टावरमा वैशाख महिनामा मात्रै तीन पटक तोडफोड भएको हो ।

तोडफाडका कारण टावरमा क्षति पुगेकाले सोरु गाँउपालिका-३ भिँईमा रहेका आठ बस्ती, वडा नम्बर ९ र १० का आधा दर्जन बस्ती र हुम्लाकाे तल्लो बस्तीका दर्जनौँ बस्तीका सेवाग्राही सञ्चार सेवाबाट बञ्चित भएका छन् । ताेडफाेडबाट नेपाल टेलिकमको टावरमा रहेको मेसिन, सोलार पाता, ब्याट्रिलगाएतले काम गर्न छाडेकाे छ ।

२४ वैशाखमा सदरमुकाम गमगढी बजारबाट गएकाे प्राविधिक टाेलीले  २५ वैशाखमा टावर बनाए पनि दोस्रो दिन (२६ वैशाख) मै पुन: तोडफोड भएकाे नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डाँगीले बताए । डाँगीका अनुसार टावर सुरक्षा घेरवार र अन्य सुरक्षा ब्यावस्था नभएकाले स्थानीयवासी र बादरले  पनि क्षेति गर्ने गरेकाे छ । 

प्रत्येक टावरमा एक जना चौकीदारको व्यवस्था गरे पनि सरकारले ताेकेअनुसार न्यूनतम पारिश्रमिक नहुँदा २४सैं घण्टा टावरमा समय नदिने गरेकाे पाइन्छ ।

भिँईमा टेलिकमले टावर राखेको १० बर्ष जति भैसकेको छ । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै