• २०८१ बैशाख ७ शुक्रबार

आरजु राणालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

kharibot

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मंगलबार आयोगले राणालाई उनले चुनावी सभाहरुमा दिएको अभिव्यक्तिबारे आयोगमा उजुरी परेको जनाएको छ ।  

मतदातालाई अनुचित प्रभावमा पार्न खोजेको र आर्थिक प्रलोभन देखाउने खालको अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको निर्वाचन आयोगको पत्रमा जनाइएको छ । 

संघीय सरकारबाट स्थानीय तहहरुलाई के कति बजेट जाने भन्ने सम्बन्धमा संविधान र कानुन बमोजिम संघीय संञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सकारबीच राजश्वको बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा निर्धारणको व्यवस्था संविधानमा रहेको उल्लेख गर्दै आयोगले बोलेको विषय संविधान सम्मत छ कि छैन भनेर प्रश्न गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै