• २०८१ बैशाख ८ शनिबार

हालान्डलाई म्यानचेस्टर सिटीले भित्र्यायो

kharibot

काठमाडौँ । म्यानचेस्टर सिटीले बोरुसिया डर्टमण्डबाट एर्लिङ हालान्डलाई अनुबन्ध गरेको छ । २१ वर्षीया नर्वेजियन स्ट्राइकर हालान्डलाई अनुबन्ध गरेको म्यानचेस्टर सिटीले औपचारिक रुपमा मंगलबार जानकारी दिएको हो ।

म्यानचेस्टर सिटीले भनेको छ- 'म्यानचेस्टर सिटीले १ जुलाई २०२२ मा स्ट्राइकर एर्लिङ हालान्डलाई क्लबमा स्थानान्तरण गर्न बोरुसिया डर्टमुन्डसँग सैद्धान्तिक रूपमा सम्झौता गरेको छ । क्लबले खेलाडीसँग सर्तहरू अन्तिम रूप दिएपछि  स्थानान्तरणको प्रक्रिया पुरा हुने छ ।'

हालान्डलाई भित्र्याउने दौडमा रहेका रियल म्याड्रिड र बायर्न म्युनिखलाई प्[अची पर्दै म्यानचेस्टर सिटीले उनलाई भित्र्याउन बाजी मरेको छ । योसँगै हालान्डले आफ्ना पिता खेलेको पुर्व क्लब सिटीको निलो जर्सी लगाउने निश्चित भएको छ ।

म्यानचेस्टर सिटीले बोरुसिया डर्टमुन्डलाई हालान्डका लागि ७५ मिलियन यूरो तिर्ने भएको छ ।

हालान्डले आफ्नो जन्मस्थान नर्वेको ब्रायन र मोल्डेमा आफ्नो क्यारियर सुरु गरेका थिए र त्यसपछि रेड बुल साल्जबर्गमा एक वर्ष बिताएका थिए ।

उनले जनवरी २०२० मा डर्टमन्डमा सामेल भएका थिए र डोर्टमण्डका लागि ८८ खेलमा ८५ गोल गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै