• २०८१ बैशाख १३ बिहीबार

बैंकिङ कसुरका दोषीलाई अदालतमा पेश

kharibot

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई झण्डै ३७ लाख जरिवाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंँकिङ कसुरमा काठमाडौँ महानगरपालिका– ८ का ५० वर्षीय रामसुन्दर डङ्गोललाई पक्राउ गरेको हो ।

उनले  विसं २०७७ मा कैलाश विकास बैंक लिमिटेडमा रहेको बैंक खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए । 

उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको उनी विरुद्ध मुद्दा परेको थियो ।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा उच्च अदालत पाटनको यही ४ गतेको फैसलाले डङ्गोललाई ७ दिन कैद र ३६ लाख ७५ हजार जरिवाना हुने ठहर गरेकोको थियो । 

फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा सोमबार काठमाडौँको पिङ्गलास्थानबाट पक्राउ गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कलम थापाले जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै