• २०८१ बैशाख ७ शुक्रबार

भारतमा एयरलाइन्सले अपाङ्गता भएका किशोरलाई यात्रा गर्न नदिएपछि चौतर्फी विरोध

kharibot

काठमाडौँ । भारतमा एउटा घरेलु एयरलाइन्सले एक अपाङ्गता भएका किशोरलाई आफ्नो उडानमा चढ्न इन्कार गरेको विषयलाई लिएर त्यसको चौतर्फी विरोध भएको छ । एयरलाइन्सले विभेदपूर्ण व्यवहार देखाएको सर्वसाधारणले गुनासो गरेका छन् । भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले त्यसबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।

इन्डिगो एयरलाइन्सले आफूहरूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएको छ । समावेशी संगठन भएकोमा आफूलाई गौरव महशुस भएको पनि कम्पनीले दाबी गरेको छ । उनी अन्य यात्रीका लागि जोखिमपूर्ण भएको एयरलाइन्सका कर्मचारीहरूले बताएका थिए ।

मन्त्री सिन्धियाले दोषीलाई उचित कारबाही गर्ने वाचा गर्दैै आफूले व्यक्तिगत रूपमा घटनाको अनुसन्धान गरिरहेको बताए । ‘यस्तो व्यवहारप्रति शून्य सहनशीलता छ । कुनै पनि मानिसले यसबाट गुज्रनु पर्दैन’, उनले ट्वीटरमा लेखे ।

घटनाबारे नागरिक उड्डयन महानिर्देशनालयले पनि एयरलाइनसँग रिपोर्ट मागेको छ । विमानकी सहयात्री मनिषा गुप्ताले फेसबुकमा लेखेपछि राँची विमानस्थलमा भएको सो घटनाका बारेमा सार्वजनिक भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै