• २०८१ बैशाख ८ शनिबार

हालान्ड म्यानचेस्टर सिटी जाने पक्का !

kharibot

काठमाडौँ । म्यानचेस्टर सिटीले बोरुसिया डर्टमण्डबाट एर्लिङ हालान्डलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।

मिडिया रिपोर्टका अनुसार २१ वर्षीया नर्वेजियन स्ट्राइकर हालान्डलाई अनुबन्ध गर्ने दौडमा रियल म्याड्रिड र बायर्न म्युनिखभन्दा अगाडि म्यानचेस्टर सिटी अगाडी बढेको देखेको छ । अब हालान्डले आफ्ना पिता खेलेको पुर्व क्लब सिटीको निलो जर्सी लगाउने विषयमा यसै साता आधिकारिक निर्णय गर्ने बताइएको छ । द एथलेटिकका अनुसार, हालान्डको इतिहाद स्टेडियममा सर्ने विषय यसै साता घोषणा हुने छ ।

म्यानचेस्टर सिटी र हालान्डबीचको व्यक्तिगत सर्तहरू गत अप्रिलमा नै तय भएको बताइएको छ ।

म्यानचेस्टर सिटीले बोरुसिया डर्टमुन्डलाई स्ट्राइकरको सम्झौतामा रिलीज क्लज सक्रिय गर्न आवश्यक पर्ने शुल्क तिर्नेछ, जुन ७५ मिलियन यूरो भएको बताइएको छ ।

स्थिति सबै पक्षहरूले अपेक्षा गरे अनुसार अगाडि बढेमा हालान्डलाई यस हप्ता म्यानचेस्टर सिटी खेलाडीको रूपमा घोषणा गरिनेछ र त्यसपछि उनीहरूको पूर्व-सिजन तयारीहरूको लागि आफ्नो पक्षमा सामेल हुनेछन् ।

हालान्डले आफ्नो जन्मस्थान नर्वेको ब्रायन र मोल्डेमा आफ्नो क्यारियर सुरु गरेका थिए र त्यसपछि रेड बुल साल्जबर्गमा एक वर्ष बिताएका थिए ।

उनले जनवरी २०२० मा डर्टमन्डमा सामेल भएका थिए र डोर्टमण्डका लागि ८८ खेलमा ८५ गोल गरेका छन् ।

हालान्डलाई रियल म्याड्रिड, बार्सिलोना, बायर्न म्युनिख र पेरिस सेन्ट-जर्मेन जस्ता शीर्ष युरोपेली क्लबहरूको बलियो चासो रहे पनि उनले आफ्ना पिता खेलेको क्लब म्यानचेस्टर सिटीमा पेप् गोआर्डीओलाको अन्डरमा खेल्न रोजेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै