• २०८१ बैशाख ८ शनिबार

युक्रेन पुगेर क्यानडाका प्रधानमन्त्री ट्रुडोले भने- पुटिनले युद्धको तल्लो तहको अपराध गरे

kharibot

काठमाडौँ । युक्रेनमाथि रुसको आक्रमण जारी रहेका बेला क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अचानक युक्रेन पुगेका छन् । ट्रूडोले युक्रेन पुगेर राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गरेका छन् । राजधानी कीभमा दुवै नेताले संयुक्त पत्रकार सम्मेलन समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा ट्रुडोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सबैभन्दा तल्लो तहको युद्ध अपराधका लागि जिम्मेवार रहेको बताए । उनले यसको उत्तरदायित्व निश्चित हुनुपर्ने बताउदै आफुले पहिलो पटक रुसी आक्रमणको क्रूरता देखेको उल्लेख गरे ।

यसअघि जस्टिन ट्रुडोले ट्विट गर्दै भनेका थिए- 'म आज क्यानडाका उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्याण्ड र क्यानाडाली विदेशमन्त्री मेलानी जोलिउसँग युक्रेनमा छु । हामी यहाँ युक्रेन र यसका जनताको लागि हाम्रो समर्थन व्यक्त गर्न आएका छौं । राष्ट्रपति जेलेन्स्कीलाई हाम्रो सन्देश भनेको क्यानाडा सधैं युक्रेनसँग काँधमा काँध मिलाएर उभिनेछ ।'

ट्रुडो युक्रेनी सहर इरपिन पनि पुगेका थिए ।

क्यानडाका प्रधानमन्त्रीले युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति बाइडेनसँग पनि कुराकानी गरेका थिए । यसबाहेक ट्रुडोले इरपिन सहरको पनि भ्रमण गरेका थिए । रुसी आक्रमणबाट यो सहर नराम्ररी ध्वस्त भएको छ । इरपिनका मेयर ओलेक्जेन्डर मार्कुशिनले ट्रूडोले कसरी रूसी सेनाले हाम्रो शहरमा विनाश मच्चाएको छ, त्यो हेर्न आएका बताए ।

क्रोएसियाका प्रधानमन्त्री र जर्मन संसदका अध्यक्ष पनि युक्रेन भ्रमणमा

राजधानी कीभमा रुसी आक्रमण कम भएपछि विदेशी नेताहरूको भ्रमण जारी छ । क्यानडाका प्रधानमन्त्री हुनुअघि क्रोएसियाका प्रधानमन्त्री लेडी प्लान्कोभिक र जर्मन संसदका अध्यक्ष बारबेल बेसले पनि कीभ पुगेर जेलेन्स्कीलाई भेटेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै