• २०८१ बैशाख ७ शुक्रबार

रोनाल्डोलाई फर्गुशनको सुझाव- लिगेसी बचाउन युनाइटेडमै बस्नु !

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेडको यो सिजनमा खराब प्रदर्शन पछि क्रिस्टियानो रोनाल्डोले आफ्नो भविष्य बारे छलफल थालेका छन् । मिडिया रिपोर्टका अनुसार रोनाल्डोले युनाइटेडमा आफ्नो भविष्य बारे लिजेण्डरी प्रशिक्षक सर एलेक्स फर्गुसनसँग छलफल गरेका हुन् । 

फर्गुशनले आफ्नो लिगेसीलाई बचाउन पनि युनाइटेडमै बस्न सल्लाह दिएको मिररले उल्लेख गरेको छ । 

रोनाल्डोलाई युनाइटेडमा भित्र्याएका फर्गुसनको अन्डरमा ६ सिजान खेलेका रोनाल्डो १२ बर्ष पछि यसै सिजनको शुरुमा युनाइटेड फर्किएका थिए । 

म्यानचेस्टर सिटी जाने पक्का भइसकेको अवस्थामा फर्गुशनले अन्तिम समयमा हस्तक्षेप गर्दै रोनाल्डोलाई युनाइटेड फर्काएका थिए ।  

रोनाल्डोको व्यक्तिगत सिजन राम्रो भएपनि म्यानचेस्टर युनाइटेडको भने यस सिजनमा खराब प्रदर्शन भएको छ । युनाइटेड अर्को सिजनको लागि च्याम्पियन्स लिग छनौट हुन असफल भएको छ ।

रोनाल्डोले यस सिजनमा अहिलेसम्म युनाइटेडका लागि ३८ खेलमा २४ गोल गरेका छन्, जसमा प्रिमियर लिगमा १८ गोल गरेका छन् । 

अब नयाँ सिजनमा एरिक टेन हागले प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएपछि उनको योजनामा रोनाल्डो हुन्छन् या हुदैनन् भन्ने स्पष्ट रहेको छैन ।

युनाइटेडमा रोनाल्डोको अझै एक सिजन सम्झौता रहेको छ भने त्यसपछि सम्झौता नवीकरण गर्न सकिने व्यवस्था रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै